Logo

नेपाल फर्किइन् मनिषा कोइराला



Spread the love

काठमाडौं । बलिउडकी अभिनेत्री मनिषा कोइराला नेपाल फर्किएकी छिन् । नेपाल र भारत सीमा विवादका कारण उनी निकै चर्चामा आएकी थिइन् । भारतीय मिडियाहरुले मनिषालाई भारतको खाने अनि चीनको गाउने आरोप लगाएका थिए ।

मनिषा कोइराला मुम्बईमा बस्दै आएकी थिइन् । मंगलबार उनी सुनौली नाका हुँदै नेपाल प्रवेश गरेकी छिन् । उनी आजै काठमाडौं आउने बताइएको छ ।

मनिषा कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ नक्सासम्बन्धि लेखेको ट्वीटमा सरकारको गुण गाउँदै मेन्सन गरेकी थिइन् । सोही विषयवस्तुलाई लिएर भारतीय सञ्चारमाध्यममा खैलाबैला भएको थियो ।

प्रतिक्रिया दिनुहोस्