Logo

पन्चे बाजा गित “सोच कान्छी बेलै माथि”



Spread the love

बिवाहको लगन आईरहेको छ आजभोलि धमाधम बिवाह तथा ब्रतबन्ध भइरहेको छ मंसिर महिनालाई बिवाहको लगन गाँठो कस्ने महिना पनि भन्ने गरिन्छ । बिवाहमा रमाइलो तथा मनोरञ्जनका लागी बजाइने बाद्द्यबादन भन्ने बितिकै पन्चेबाजाको सम्झना आउँछ । बिशेष गरेर बिवाहमा रमाइलोका साथ मनोरञ्जन दिने काम पनि पन्चे बाजाले नै गर्छ ।यसै लगनको महिनामा धमाधम बिवाह भइरहेको छ तर पन्चे बाजाको मनोरञ्जन भने बिगतका बर्षहरुमा जस्तो अहिले को तुलनामा कमै मात्रामा पाउने गरिएको छ । पन्चे बाजाको मनोरञ्जन लिन पर्यो भने उही कलाकारहरुले बजारमा ल्याएका एल्बमबाट भरपूर्ण आनन्द लिन सकिन्छ ।त्यस्तै अहिले मंसिरको महिना चलेको छ नेपाली सांगीतिक क्षेत्रका लोकदोहोरी कलाकारहरुले धेरै थरिका पन्चे बाजाका गितहरु बजारमा भित्र्याएका छन् । मङ्सिर महिना धेरै अभिवाहितहरुको लगन जुर्ने महिना हो, यसै बिच बिहे गर्न उमेर पुगेका सम्पुर्ण युवा युवतीहरुलाई लछित गर्दै गायिका पुजा पौडेलको “सोच कान्छी बेलै  माथि” बोलको पन्चे बाजा गित बजारमा भित्रिएको छ ।सोच कान्छी बेलै माथि बोलको गितको लय तथा शब्द बसन्त थापाको रहेको छ।  स्वरमा चर्चित गायक भागिरथ चलाउने र पुजा पौडेलको रहेको छ ।भिडियोको फिचरिङमा करिश्मा ढकाल ,दिनेश थापा ,निर आले,बाबु काजी थापा र पुजा पौडेल रहेका छन् ।यस गीतको भिडियो तिर्सना म्युजिक प्रा.लि.ले बजारमा ल्याएको हो भने भिडियोलाई प्रकाश भट्टले निर्देशन गरेका छन् । भिडियोको छायांकन राजेश घिमिरेले गरेका छन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् ।

हेर्नुहोस् भिडियो:

https://youtu.be/kudyOhj9tbg

प्रतिक्रिया दिनुहोस्