Logo

मालिकाको एउटै वडामा डेढ करोडकाे विकास योजना सञ्चालनमा,स्थानीय श्रमिक हर्षित



Spread the love

गुल्मी, जेठ २० । लकडाउनका कारण मुलुकमा विकास निर्माण कार्यहरु ठप्प छन् । मजदुरहरुले आफ्नो रोजगारी गुमाएका छन् भने दैनिक गुजारा चलाउन समेत समस्या परिरहेको समयमा गुल्मीमा भने केही विकासका योजनाहरु संचालनमा आएका छन् । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने मालिका गाउँपालिकाको वडा नम्बर आठमै मात्र करिब डेढ करोडकाे योजना निर्माणधीन अवस्थामा रहेका छन ।

वडामा संचालित यी योजनाबाट स्थानीय मजदुरले समेत रोजगारी पाएका छन् भने अर्कोतर्फ विकासले समेत गति लिएको छ । वडा भित्रका मजदुरहरुलाई मात्रै काममा समावेश गरी योजना संचालन गरिएको वडाध्यक्ष टीका बहादुर जीसीले बताएका छन । केन्द्र, प्रदेश तथा गाउँपालिकाबाट विनियोजित बजेटबाट प्रधानमन्त्री स्वरोजगार कार्यक्रमसहित छ वटा योजना सन्चालनमा रहेका छन् ।

६३ लाख लागत रहेको सोत छापेरुम्टा दगास अर्खबाङ मोटर बाटो केन्द्र सरकारको आर्थिक सहयोगमा निर्माण भैरहेको छ । यसै गरी कृषि मन्त्रालय र मालिकाका गाउँपालिकाको २५/२५ लाख लागत साझेदारीमा पोस्ट हार्भेस्ट सेन्टर निर्माण भैरहेको छ । जुन योजनाबाट स्थानीय १० जना मजदुरले रोजगार पाएका छन् । गाउँपालिकाद्वारा संचालित तिरतिरे किलिबाङ मैदान मोटर बाटो अर्थात् मालिका रिङरोड पनि १५ लाख लागतमा निर्माणधीन अवस्थामा रहेको छ । त्यस्तै दिर्घ काउले मोटर बाटो १० लाख र पाठक टोल काउले मोटर बाटोमा पनि ३ लाखको काम भैरहेको वडाध्यक्ष जीसीले उल्लेख गरेका छन ।

त्यस्तै गरी प्रधानमन्त्री स्वराेजगार कार्यक्रम पनि प्रभावकारी ढंगले सन्चालन गरिएको वडा कार्यालयले जनाएको छ । प्रधानमन्त्री स्वराेजगार कार्यक्रमबाट २८ जना मजदुरले रोजगार पाएका छन् । वडाभित्र संचालित योजनाबाट ४० भन्दा बढी मजदुरले रोजगार पाएको वडाध्यक्ष टीका जीसीले सल्लेरी खबरलाई जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्