Logo

खेलाडीसहित बार्सिलोनाका ७ जनाले जिते कोरोना भाइरस



Spread the love

२० जेठ, एजेन्सी – स्पेनिस क्लब बार्सिलोनाका ७ जना कोरोना भाइरसबाट पूर्ण रूपमा मुक्त भएका छन् । कोरोना भाइरसको संक्रमण पुष्टि भएका ५ जना खेलाडी र अन्य २ जना कोरोनाबाट पूर्ण रूपमा मुक्त भएका हुन् ।

क्लबमा गरिएको परीक्षणमा ७ जनामा कोरोना देखिएपनि अहिले सबै जना स्वस्थ भएर प्रशिक्षणमा फर्किसकेको आरएसी १ ले दाबी गरेको छ ।

शीर्ष क्लबका खेलाडी लगायत अन्यमा कोरोना संक्रमण हुँदा पनि क्लब तथा ला लिगाले समाचार गोप्य राखेको बताइएको छ ।

अहिले बार्सिलोनाका सबै खेलाडी प्रशिक्षणमा फर्किएका छन् । ला लिगा जुन ११ बाट सुरू हुने भएता पनि बार्सिलोनाको पहिलो खेल जुन १२ तारिखमा पहिलो खेल खेल्दैछ ।

बार्सिलोनाको घरेलु मैदानमा हुने खेल बार्सिलोना र रियल माल्लोर्काबीच हुनेछ ।

प्रतिक्रिया दिनुहोस्