Logo

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या दिनप्रति दिन उच्च



Spread the love

२१ जेठ, एजन्सी –विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले ब्राजिलमा पनि तीव्र संक्रमण तथा मर्न थालेका छन् भने अहिले विश्वभर दोस्रो जोखिम रहेको देश भएको छ । गत हप्तासम्म सामान्य रहेको ब्राजिलमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या पनि उकालो लाग्दै गएको छ ।

२४ घण्टा यता ब्राजिलमा कोरोनाबाट १ हजार २ सय ३२ जनाको मृत्यु भएको छ भने अहिले सबै भन्दा बढी प्रभावित भएको देश अमेरिका भन्दा पछाडी दास्रो नम्बरमा रहेको छ । जसमा २७ हजार नयाँ संक्रमित थपिएका छन् ।

जोन्स होप्किन्स यूनिभर्सिटीको अनुसार ब्राजिलमा कोरोना भाइरसबाट मुत्यु हुनेको संख्या ३१ हजार २ सय ७९ जनाको मृत्यु भएको छ भने ५ लाख ५६ हजार संक्रमित छन् । २ लाख ४० हजार उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्