Logo

के मधुमेहमा केरा खान हुन्छ ?



Spread the love

मधुमेह भएको मानिसले आफ्नो आहारामा विशेष ध्यान दिनुपर्छ ।  जथाभावी खाने गरेमा मधुमेह अनियन्त्रित भएर गम्भीर शारीरिक समस्या आउन सक्छ ।  विशेषगरी कार्बोहाइड्रेट भएका खाद्यवस्तु खाँदा विचार पुयाउनु आवश्यक छ ।  यसमा अन्न, तरकारी मात्र होइन फलपूल पनि पर्छन् भन्ने खबर आजको गोरखापत्रमा छापिएको छ।


मधुमेह रोगीले खान नहुने परम्परागत मान्यता रहेको एउटा फल हो केरा ।  मधुमेह भएकाले केरा खानै हुन्न, केरामा कार्बोहाइड्रेटको मात्र धेरै हुन्छ भन्ने सोचाइ छ तर त्यसो हुँदैन ।  बरु मधुमेह भएका मानिसले थोरै मात्रामा केरा खाने गरेमा त्यसबाट फाइदा मिल्छ ।

समग्रमा भन्नुपर्दा केरामा स्याच्युरेटेड चिल्लो, सोडियम र कोलेस्टेरोल निकै कम हुन्छ ।  केरामा शरीरलाई अत्यावश्यक पोषक तत्व भिटामिन बी ६, पोटासियम र म्याग्निजको राम्रो संयोजन हुनेगर्छ ।  तथापि केही चिकित्सकले मधुमेह रोगीलाई केरा खाँदा विचार गर्न सुझाव दिन्छन् किनभने केरामा क्यालोरीको उच्च मात्रा हुन्छ ।
एउटा सामान्य आकारको केराको ग्लाइसेमिक इन्डेक्स ११ हुने जानकारी हार्वर्ड हेल्थ पब्लिसिङमा दिइएको छ ।  रगतको ग्लुकोज मात्रामा खाद्यवस्तुले पार्ने प्रभावलाई ग्लाइसेमिक इन्डेक्सले मापन गरिन्छ ।  १० भन्दा कम ग्लाइसेमिक इन्डेक्स हुनुलाई राम्रो मानिन्छ ।

कम चिनी भएका फलपूmलको नाम लिँदा स्याउ, अङ्गुर र नासपाती पर्छन् ।  यसैगरी मेवा र भुइँकटहरमा धेरै चिनी हुन्छ ।  केरामा केही बढी कार्बोहाइड्रेट भए पनि मधुमेह रोगीले केरा खान चटक्कै छाड्नुहुन्न ।  किनभने केरामा हुने अन्य पोषक तत्व शरीरलाई चाहिन्छ ।

मधुमेह नियन्त्रणमा राख्न प्रत्येक छाकमा आपूले कत्तिको कार्बोहाइड्रेट खाइरहेको छु भन्ने हेक्का राख्नु जरुरी छ ।  मध्यम आकारको एउटा केरामा करिब ३० ग्राम कार्बोहाइड्रेट हुन्छ ।  यसैबाट आपूmलाई कत्तिको मात्रामा कार्बोहाइड्रेट चाहिएको छ र केरा कति खाने भन्ने निर्णय लिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्