Logo

किन घट्दैछ महिला मतदाता ?



Spread the love

जनसंख्या बढी भए पनि पछिल्ला निर्वाचनमा महिला मतदाताको संख्या घट्दै गएको छ । ०७० सालको संविधानसभा निर्वाचनको तुलनामा स्थानीय निर्वाचन र आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा महिला मतदाताको संख्या घटेको हो ।

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले मतदाता नामावली अद्यावधिक गर्न चासो कम भएकाले महिला मतदाता घटेको बताए । उनले भने, ‘वैदेशिक रोजगारीमा जाने महिलाको संख्या बढेको छ । पढेका महिलाले मतदाता परिचयपत्र लिन चासो नदेखाएका कारण पनि दोस्रो संविधानसभा चुनावमा भन्दा महिला मतदाताको संख्या कम भएको हो ।’

संविधानसभा निर्वाचन २०७० मा एक करोड २१ लाख ४७ हजार आठ सय ६५ जना मतदाता थिए । तीमध्ये ६१ लाख ६६ हजार आठ सय २९ अर्थात् ५० दशमलव ७६ प्रतिशत महिला मतदाता थिए । पुरुष मतदाताको संख्या ४९ दशमलव ३३ प्रतिशत थियो ।

स्थानीय तह निर्वाचनमा एक करोड ४० लाख ५४ हजार चार सय ८२ जना मतदाता थिए । तीमध्ये ६९ लाख ४८ हजार ६ सय २५ महिला थिए भने ७० लाख ६९ हजार सात सय १४ पुरुष मतदाता रहेको निर्वाचन आयोगको अभिलेखले देखाएको छ । स्थानीय तह निर्वाचनमा महिलाको भन्दा पुरुष मतदाताको संख्या एक लाख पाँच हजार ८९ बढी थियो भन्ने खबर आजको अन्नपुर्ण पोष्टमा छापिएको छ।

प्रतिक्रिया दिनुहोस्