Logo

भारतबाट आउने वडावासीहरुको उद्धारमा खटिएका दाङको बंगलाचुलीका वडा अध्यक्ष सङ्क्रमित



Spread the love

२१ जेठ, दाङ। दाङको बंगलाचुली गाँउपालिकाका वडा अध्यक्षमा कोरोना संक्रमण पुष्टि भएपछि झेल्नेटा र मुर्कुटी बजार क्षेत्र सिल गरिएको छ । बंगलाचुली गाउँपालिकाले मंगलबार राति १२ बजेबाट लागू हुनेगरी वडाको झेल्नेटा र मुर्कुटी क्षेत्रलाई अनिश्चितकालको लागि सिल गरिएको हो ।

सुधा माध्यमिक विद्यालय झेल्टेनामा रहेको क्वारेन्टाइन व्यवस्थापनमा खटिएका भएका व्यक्ति सहित पाँचजनाको पीसीआर जाँच गर्दा उनमा कोरोना पोजेटिभ देखिएपछि उच्च जोखिम क्षेत्रमा अर्को सूचना नआएसम्मको लागि सिल गरिएको छ । सूचनामा अति आवश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन हुन अनुरोध गरिएको छ ।

भारतबाट आउने वडावासीहरुको उद्धारमा खटिएका उनमा कोरोना पुष्टि भएपछि अति जोखिम क्षेत्रमा सिल गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्