Logo

गहिरो निद्राको लागि सकारात्मक सोच र सरल जीवनशैली किन आवश्यक ?



Spread the love

विश्वभर कोरोनाभाइरस कोरोनाभाइरसको संक्रमण फैलिरहदा प्राय: देश लकडाउन छ। लकडाउनका कारण मानिसहरुको कामधन्दा सबै ठप्प भएको छ। हामी बेचैन छौं । हाम्रो मन स्थिर छैन । अनेक सोच, विचार, रहर, सपना, आकांक्षाले मनमा उथलपुथल ल्याइरहन्छ । यसै कारण पर्याप्त निन्द्रा नपर्दा हामी बिहान उठ्नै सक्दैनौं। निद्रा खुले पनि ज्यान तङ्ग्रिँदैन । उठ्दा पनि शरीर भारी हुन्छ। भद्दा हुन्छ। फेरि ओछ्यानमै पल्टन मन लाग्छ।

योग, प्राणायाम र ध्यान विधिबाट हामी मनलाई शान्त तुल्याउन सक्छौं । आध्यात्मिक चेतले पनि मनलाई वशमा राख्न सकिन्छ। मनमा सकारात्मक भाव पैदा हुनुपर्छ । सकारात्मक, कृतज्ञ र प्रफुल्ल भएपछि मन स्थिर हुन्छ । मन स्थिर भएपछि हामी गहिरो निद्रामा पुग्न सक्छौं ।
सकारात्मक सोच, सरल जीवनशैली आवश्यक छ, गहिरो निद्राको लागि ।
-मानसिक रुपमा स्वस्थ्य हुनु आवश्यक छ।
-सुत्नुअघि भविष्यको कुरा सोचेर वा विगतका गल्तीहरुमा पछुतो गरेर केहि उपलव्धी छैन भन्ने कुरा बुझ्नुपर्छ ।
-सुत्नुअघि धेरै खानेकुरा खानु ठिक होइन । यसले पेट भद्दा हुन्छ र राम्ररी निन्द्रा लाग्दैन ।
-सुत्ने र उठ्ने समय तालिका नियमित हुनुपर्छ। निश्चित समय तालिकामा सुत्ने अभ्यास गरिएको छ भने त्यही समयमा निद्रा लाग्छ ।
-सुत्नुअघि हल्का खानेकुरा सेवन गर्ने, केही क्षण हिँडडुल गर्ने, हल्का व्यायाम गर्ने, प्रणायाम गर्ने, ध्यान गर्नेजस्ता सिलसिलाबद्ध क्रियाले पनि गहिरो निद्रा लाग्छ ।
-ओछ्यान सजिलो हुनुपर्छ । राति चर्को ध्वनि आउने, हल्लीखल्ली हुनेजस्ता कुराले पनि निद्रा बिथोलिन्छ ।
-सुत्नुअघि चाखलाग्दो पुस्तक पढ्नुहोस् । मधुरो संगीत सुन्नुहोस् ।

प्रतिक्रिया दिनुहोस्