Logo

सप्तरीमा दुई पक्षबीच झडप हुँदा १५ जना घाइते



Spread the love

२१ जेठ, सप्तरी । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा बुधबार बिहान दुई पक्षबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् । जग्गा सम्बन्धी विवादमा दुई पक्षबीच झडप भएको हो।

झडपको क्रममा १५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी तथा प्रवक्ता तिलक भारतीले जानकारी दिए ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ४ र सशस्त्र प्रहरीले ४ गरी ८ राउण्ड हवाई फायर गर्नुपरेको डीएसपी भारतीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्