Logo

बच्चा र युवामा लकडाउनको मानसिक असर लामो समयसम्म रहन सक्ने



Spread the love

एजेन्सी । बेलायतमा भएको शोधमा बताइएको छ की लकडाउनको मानसिक असर बच्चा तथा युवामा लामो समयसम्म पर्न सक्दछ ।

बाथ यूनिभर्सिटीमा बच्चा र नौजवानको मानसिक स्वास्थ्यमा एक्लोपनको असर बारेमा अध्ययन गरिएको थियो । जसमा आउने समयमा मानिसको मानिसको स्वास्थ्य सेवाको आवश्यकता धेरै पर्ने बताइएको थियो ।

एक जना शोधकर्ताले भने, “बच्चा र किशोरमा लकडाउन सकिएको केही समयसम्म डिप्रेशनको समस्या झेल्न पर्ने छ । मानसिक स्वास्थ्य सेवा यसको लागि तयार रहनु पर्दछ ।”

रिपोर्ट अनुसार युवामा डिप्रेशनको खतरा पहिलेको तुलनामा तीन गुणा बढेको छ र एक्लोपनको प्रभाव र डिप्रेशनको असर कम्तीमा पनि नौ वर्षसम्म रहन सक्दछ ।

प्रतिक्रिया दिनुहोस्