Logo

बुटवलकाे कोरोना अस्पतालबाट एक स्वास्थ्यकर्मीसहित चार जना डिस्चार्ज भए



Spread the love

२१ जेठ, रुपन्देही। कोरोनाभाइरस संक्रमण संख्या बढ्दै जाँदा प्रदेश नं ५ मा निको हुनेको सङ्ख्या पनि बढ्दो क्रममा रहेको छ। बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालबाट आज एक स्वास्थ्यकर्मीसहित चार जना निको भएर घर फर्किएका छन् । यससँगै प्रदेशमा ७९ जनामा कोरोना सङ्क्रमण निको भएको छ ।

कपिलवस्तुका तीन र कोरोना अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी निको भएर घर फर्किएको अस्पतालका फोकल पर्सन तथा वरिष्ठ कन्सलटेन्ट डा. सुदर्शन थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्