Logo

कोरोनालाई परास्त गरेर घर फर्कनेको संख्या २७८ पुग्यो



Spread the love

२१ जेठ, काठमाडौं । नेपालमा कोरोना संक्रमणको गति बढ्दो क्रममा रहेको छ भने निको भएर घर फर्कनेको मात्रा पनि उतिकै रहेको छ । कोरोनालाई जितेर थप १२ जना घर फर्केको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

जनकपुरबाट ५, काठमाडौँ टेकुबाट १, बलम्बु युनिफाईड हस्पिटलबाट १ , टियुबाट १ र बुटवलबाट ४ जना निको भएर घर फर्केका हुन्।

योसंगै नेपालमा कोरोनालाई जितेर घर जानेको संख्या २७८ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्