Logo

रुसमा रोकिएन संक्रमणको गति, विश्वको तेस्रो संक्रमित देश



Spread the love

एजेन्सी । रुसमा बुधबार कोरोनाबाट ८,५३६ जना संक्रमित भएका छन् । यससँगै रुसमा संक्रमितको संख्या बढेर ४ लाख ३२ हजार २७७ पुगेको छ ।

अमेरिका र ब्राजिलपछि रुस विश्वको सबैभन्दा बढी प्रभावित राष्ट्र बनेको छ ।

बुधबार रुसमा १७ जनाको ज्यान गएको छ । यससँगै रुसमा मर्नेहरुको संख्या ५,२१५ पुगेको छ ।
रुसको मस्कोमा सबैभन्दा धेरै संक्रमित रहेका छन् । यद्यपि १ जुनबाट मस्कोमा लकडाउन खुकुलो भएको छ ।

प्रतिक्रिया दिनुहोस्