Logo

कर्णालीमा ४ महिने शिशुसहित २७८ कोरोना सङ्क्रमित



Spread the love

२१ जेठ, कर्णाली – कर्णाली प्रदेशमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २७८ पुगेको छ । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाको आज मध्याह्न १२ बजेसम्मको अद्यावधिक विवरणअनुसार चार महिने शिशुसहित थप १६ नयाँ सङ्क्रमित पहिचान भएका हुन् ।

महाशाखा प्रमुख डा लक्ष्मीनारायण तिवारीका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश÷अस्पताल पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसीआर परीक्षणमा दैलेखका सात, कालीकोटका ७ र सल्यानका ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कालिकोटका ४ महिने शिशुमा पनि कोरोना सङ्क्रमण देखिएको छ । त्यस्तै दैलेख दुल्लुका एक सङ्क्रमितको मृत्यु भइसकेको छ ।

जुम्लामा दुई सुरक्षाकर्मी र सुर्खेतमा स्थानीय विद्यार्थीलाई समेत कोरोना पोजेटिभ देखिएपछि समुदायस्तरमा सङ्क्रमण फैलिन पुगेको छ । स्वास्थ्यकर्मीका अनुसार उनीहरुको ‘कन्टयाक्ट ट्रेसिङ’का आधारमा अन्य सम्भावित सङ्क्रमितको पहिचान गर्ने कार्य भइरहेको छ ।

नयाँ पहिचान भएका सङ्क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्