Logo

असारसम्म कर तिर्ने समयावधि थप गर्न माग



Spread the love

२१ जेठ, पोखरा – पोखरा चेम्बर अफ कमर्श कास्कीले असहज अवस्थामा आन्तरिक राजश्व विभागले सबै प्रकारको कर दाखिला गर्न जारी गरेको परिपत्रलाई अव्यावहारिक भएको जनाउँदै समयावधि थप्न माग गरेको छ ।

चेम्बरका अध्यक्ष किसान सुनारले विज्ञप्ति जारी गरी बन्दाबन्दीको पूर्ण पालना गरी बन्द रहेका उद्योग व्यवसायबाट कर उठाउनु सम्भव नभएको जनाउँदै विभागले जारी गरेको परिपत्र सर्वोच्च अदालतको पूर्ण इजलासको आदेश विपरीत भएको पनि जिकिर गरे ।

हालको बन्दाबन्दी अवधि जेठ मसान्तमा समाप्त हुने परिप्रेक्ष्यमा कर तिर्ने अवधि न्यूनतम असार मसान्तसम्म दिन माग गर्दै विज्ञप्तिमा लकडाउन लम्बिने हो भने खुलेको एक महिनाभित्र कर तिर्ने म्याद दिनुपर्ने तर्क गरिएको छ ।

विभागले मङ्सिरदेखि चैत महिनासम्मको मूल्य अभिवृद्धि कर, अन्तःशुल्क कर, आयकर, आर्थिक ऐनअन्तर्गतका सेवा शुल्क र दस्तूर यही जेठ २५ गतेसम्म दाखिला गर्न परिपत्र गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्