Logo

अन्य रोगले मृत्यु भएको पुष्टि भएमा कोरोनाले भएको नमानिने



Spread the love

२१ जेठ, काठमाडाैँ – कोरोना संक्रमित व्यक्तिको अन्य रोगका कारणले मृत्यु भएको स्पष्ट भए कोरोनाले मृत्यु भएकोमा गणना नहुने भएको छ ।

सरकारले बुधबार कोरोना संक्रमित व्यक्तिमा अन्य रोगका कारणले मृत्यु भएको स्पष्ट भए कोरोनाको कारणले मृत्यु भएकोमा गणना नगर्ने जानकारी दिए ।

अहिलेसम्म मृत्यु भएकाहरूमा अन्य रोगले स्पष्ट मृत्यु भएको पुष्टि भएपनि कोरोनाकै कारण मृत्यु भएकोमा गणना गरिएको थियो ।

हालसम्म नेपालमा २३ सय जनामा कोरोना पुष्टि हुँदा ९ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्