Logo

क्वारेन्टाइनमा बसेका साथीको मोबाईल र पैसा चोरेर फरार



Spread the love

२२ जेठ, गुल्मी – गुल्मीमा एक जना क्वारेन्टाइनबाट फरार भएका छन् । जिल्लाको मालिका गाँउपालिका वडा नम्वर ८ स्थित मालिका माविको क्वारेन्टाइनबाट साथीको पैसा र मोबाईल चोरेर मालिका गाँउपालिका वडा नम्बर ७ घमिरका २२ वर्षीय राजेन्द्र परियार फरार भएको वडा अध्यक्ष टीका जिसिले जानकारी दि ।

उनी १२ दिनअघि भारतको पञ्जावबाट आई क्वारेन्टाइनमा बसेको बताइएको छ ।

उनीसँगै क्वारेन्टाइनमा बसेका वडा नम्बर ५ छापहिलेका १ जनाको मोबाईल र वडा नम्बर दुईका एक जनाको दुई हजार पैसासा चोरेर फरार भएको बताइएको छ । परियारको खोजीकार्य भइरहेको साथै सबै वडा तथा प्रहरी चौकीमा जानकारी गराइएको वडाध्यक्ष टीका जीसीले सल्लेरी खबरलाई बताए ।

क्वारेन्टाइनमा उनीसँगै बस्नेले बताए अनुसार चालचलन अलि ठिक नभएका उनले क्वारेन्टाइनमा बस्दा ठेगाना मालिका गाउँपालिका ७ घमिरको टिपाए पनि अन्यत्र समेत बस्ने गरेका थिए ।

चोरी गरी भाग्ने व्यक्ति मालिका सात घमिर भनेर नाम टिपाएता पनि उसको वास्तविक घरको पहिचान हुन सकेको छैन । यता मालिका सातका वडाध्यक्ष वेद प्रसाद पन्थीले राजेन्द्र परियार भन्ने नागरिक आफ्नो वडाको नभएको दावी गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्