Logo

सुर्खेतको क्वारेन्टाइनबाट घर फर्किएका १९ वर्षीय युवकको मृत्यु



Spread the love

२२ जेठ, काठमाडौं । सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा क्वारेन्टाइनमा बसेर फर्किएका एक युवकको ज्यान गएको छ । १४ दिनसम्म पञ्चपुरी नगरपालिका वडा नम्बर ९ को विद्यापुर जनता माविको क्वारेन्टाइनमा बसेर उनी घर गएका थिए।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । मृतक युवकको पुनः स्वाव लिएर कोरोना परीक्षणको लागि पठाउने तयारी भइरहेको पन्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्