Logo

अमेरिका प्रवेशमा चिनियाँ एयरलाइन्सको उडानलाई रोक



Spread the love

एजेन्सी। अमेरिकाले चिनियाँ एयरलाइन्सको उडानहरुलाई आगामी जुन १६ देखि रोक्ने भएको छ । अमेरिकाको यातायात विभागका अनुसार चीनले अमेरिकी उडानहरुलाई आफ्नो देशमा प्रवेश गर्न अनुमति नदिएकोले यस्तो निर्णय लिइएको हो ।

अमेरिकाको यो कदमलाई दुई देशबीच बढ्दो तनावको संकेतको रुपमा लिएको छ । चीनमा कोरोनाको महामारी नियन्त्रणमा रहेको छ भने अमेरिका यतिबेला विश्वमै सबैभन्दा प्रभावित राष्ट्रको रुपमा रहेको छ ।

यातायात विभागको आदेश चीनका एयर चाइना, चाइना इस्टर्न एयरलाइन्स, हेनान एयरलाइन्स र चाइना सदर्न एयरलाइन्समाथि लागू हुनेछ।

प्रतिक्रिया दिनुहोस्