Logo

गुल्मीका एक वडाध्यक्षले हातपात गरेको आरोप



Spread the love
प्रतीकात्मक तस्वीर

गुल्मी, जेठ २१ । गुल्मीमा एक जना जनप्रतिनिधिमाथि हातपात गरेको आरोप लागेको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदम अर्यालमाथि हातपात गरेको आरोप लागेको हो ।

स्थानीय जोरपानी लिफ्ट खानेपानी आयोजनामा काम गर्न टिकाराम अर्याल (गोकुल भनेर चिनिने ) ले आफूलाई वडाध्यक्षले मुक्का हानेको आरोप लगाएका छन् । बुधवार बिहान खानेपानीको विवादका कारण आफूमाथि हातपात गरेको उनले गुनासो गरेका छन् । यता वडाध्यक्ष पदम अर्यालले भने आफूमाथि लागेको आरोप सत्य नभएको दाबी गरेका छन् । वडा अध्यक्षले भने आरोप लगाउने व्यक्ति सधैँ मदिरा सेवन गर्ने र काम राम्रो नगर्ने हुँदा जनप्रतिनिधिको नाताले आफूले सम्झाई बुझाई गरेको जिकिर गरेका छन् ।

बुधवार घटनालाई प्रत्यक्ष देखेका स्थानीय ध्रुब ज्ञवालीले भने दुबैबीच हात हालाहाल भएको स्पष्ट पारे । आफू अलि टाढा भएका कारण कसको गल्ती हो र पहिला कसले हात हाल्यो भन्ने बारे थाहा नभएको तर, दुई जना बिच ठेलाठेल भएको उनले बताएका छन् । हामीले स्थानीय जनतासँग कुरा बुझ्दा आरोप लगाउने व्यक्तिले दिउँसो पनि मदिरा सेवन गर्ने गरेको पाइएको छ भने वडाध्यक्ष पनि अलि आक्रामक ढङ्गले प्रस्तुत हुने गरेको पाइएको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्