Logo

आफूखुशी पसल खोल्दा कोरोना फैलिए को जिम्मेवार – मुख्यमन्त्री शंकर पोखरेल



Spread the love

काठमाडौं । लामो समयपछि व्यापारीहरुले आफै निर्णय गरी व्यवसाय सञ्चालन गर्न थालेका छन् । सोही विषयलाई लिई प्रदेश न. ५ का मुख्यमन्त्री शंकर पोखरेलले पसल खोल्दा कोरोना फैलिए को जिम्मेवारी भनी प्रश्न गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘क्वारेन्टाइन र लकडाउनका कारण अहिलेसम्म कोरोना भाइरस समुदायमा फैलिएको छैन । आफूखुशी बजार खोल्दा समुदायमा कोरोना फैलिए त्यसको जिम्मा कसले लिने ? गम्भीर बनौँ ।’

सरकारले कोरोना भाइरसको संक्रमण रोक्नको लागि चैत ११ देखि लकडाउन गर्दै आएको छ । सरकारले पसल खाेल्नकाे लागि अनुमति दिएकाे छैन तर व्यापारीहरू भने लकडाउन भएपनि संक्रमितकाे संख्यामा कमी नआएको भन्दै पसल खाेल्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्