Logo

जर्ज फ्लोइड पनि कोरोना संक्रमित



Spread the love


एजेन्सी । अफ्रिकी मूलका अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यापछि अमेरिकामा विरोध प्रदर्शन सुरु भएको छ । उनको हत्या हुनुभन्दा केही साता पहिला उनी कोरोना भाइरसबाट संक्रमित भएका थिए ।

रिपोर्ट अनुसार ३ अप्रिलमा जर्ज कोरोना भाइरसबाट संक्रमित भएको पत्ता लागेको छ ।
रिपोर्टमा लेखिएको छ,‘कोरोना भाइरस तथा अन्य भाइरसको जेनेटिक कोड मानव शरीरमा हप्तौँसम्म रहन सक्छ । जस कारणले यो भन्न सकिन्छ की जर्जको मृत्यु हुँदा उनका कोरोना भाइरसको लक्षण नदेखिए पनि उनी संक्रमित थिए । ’

जर्ज बिना कसुर प्रहरीकाे हातबाट मारिएका थिए । जर्ज फ्लाेइडकाे मृत्युपछि अमेरिकामा निकै डरलाग्दाे अवस्था सिर्जना भएकाे छ । अमेरिकामा मात्र नभइ विश्वका विभिन्न देशहरू पनि जातिय विभेद विरूद्ध उठिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्