Logo

रुसको साइबेरियामा २० हजार टन डिजेल इन्धन लिक भएपछि पुटिनले गरे आपतकालीन घोषणा



Spread the love

एजेन्सी । विश्वमा अहिले चारैतिर कोरोना भाइरस फैलिएको छ । तर यसका साथै अनेक समस्याहरु आएका छन् । रुसमा बुधबार एक पावर प्लान्टबाट २० हजार टन डिजेल चुहावट भएको छ । लिक भएसँगै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले साइबेरियामा आपतकाल घोषणा गरेका छन् ।

समाचार एजेन्सी एपीका अनुसार मस्कोदेखि ३००० किमी टाढा एक प्लान्टमा शुक्रबारदेखि चुहावट हुन थालको थियो । तर यति धेरै चुहावट भयो की जसले गर्दा आपतकाल घोषणा गर्नु पर्यो ।

कतै इन्धन नदीमा त मिसिंदैन भनेर रोकथामको लागि काम पनि भइसकेको छ ।

बुधबार राष्ट्रपति पुटिनले आपतकाल घोषणा गरेका थिए र यस घटनाको अध्ययनको लागि आदेश पनि दिएका छन् ।

डब्ल्यूडब्ल्यूएफका अनुसार यस चुहावटबाट कम्तीमा पनि १३ मिलियन डलरको नोक्सानी हुन सक्ने बताइएको छ ।

चुहावट कसरी भयो भनेर अझैसम्म खुल्न सकेको छैन ।

रुसमा अहिलेसम्म साढे चार लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने ५ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्