Logo

‘स्वास्थ्यकर्मीलाई अपमान होइन् प्रोत्साहन जोरुरी छ’- स्वास्थ्यकर्मी आचार्य



Spread the love

काठमाडौँ । विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले अहिले नेपालमा तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । अहिले कोरोना भाइरसको संक्रमणले हरेक व्यक्तिको मनमा त्रास उत्पन्न गराएको छ । कोरोना संक्रमण संसारभर फैलिरहेकाे छ भने यसको प्रत्यक्ष असर अहिले नेपालमा परेको छ । कोरोना भाइरस नेपालमा फैलिएसँगै स्वास्थ्यकर्मीलाई मानसिक र शारीरिक रूपमा बढी क्षति पुगेको छ ।

स्वास्थ्यकर्मी आफैमा एक स्वयंसेवक हुन । उनीहरूले कसम खाएका हुन्छन् कि ! म मेरो ज्यानको प्रवाह नगरिइ निरन्तर स्वास्थ्य सेवा कार्य मा संलग्न हुनेछु । विश्व भर Covid 19 को संक्रमणले माहामारिको रूप लिइरहदा स्वास्थ्यकर्मिहरुलाई काम गर्न निकै भयावह भयको छ, तैपनि उनीहरू निश्चल मनले काम गरिरहेका छन् ।

सबै प्रकारका जोखिमहरु स्वास्थ्यकर्मी स्वयं आफ्नो काँधमा लिइ खटिएका छन् भने अहिले जता जताततै स्वास्थ्यकर्मीहरूलाई जोखिम आपनाउनु परेको छ । कतै स्वास्थ्यकर्मी माथि हातपात कुटपिट, भाडामा बस्दै आएका स्वास्थ्यकर्मिहरुलाई घरबाट निकालिइ दिने, काम गर्न हिडेको स्वास्थ्यकर्मीलाई प्रहरी जवानहरूले भाटा हानिरहेको र गाउँका मानिसहरूले उहाँहरुलाइ अपमान एवं यातना दिने जस्ता अभद्र र अमानवीय ब्यावहार देखाउँदै आएको कालिकोट जिल्ला खडाचक्र नगरपालिकाका स्वास्थ्यकर्मी बुद्धि प्रसाद आचार्य बताएका छन् ।

अहिले नेपालका सात प्रदेश कोरोना संक्रमण देखिएसंगै भारतबाट आएका नेपाली नागरीक आए पछि आफू लगायत आफ्नो परिवारलाई समेत जोखिम मोलेर हामी राता दिन नभनी आफ्नो कर्तव्य निभाएका छौँ तर पनि आफ्नो नागरिकले झन् हौसला दिँदा आफुहरुलाई झन् काम गर्ने जोस जागर आउँछ । तर आफूहरूलाई अपहेलना गर्दा हामीहरुलाई कम गर्ने जोस जागर हराएको स्वास्थ्यकर्मी आचार्यले बताए ।

यो समस्या आफूले मात्र नभई संसार भरका स्वास्थ्यकर्मीले भक्नु परेको छ । यति बेला स्वास्थ्यकर्मिहरुलाइ प्रोत्साहनको एकदम जरुरत भएको र स्थानीय निकाय एवं सरकारद्वारा स्वास्थ्यकर्मिहरुलाइ उचित व्यवस्था गर्नुपर्ने अनि खुसी पर्नु पर्ने सधैँ आफ्नो नगरवासीको साथ सपोट र सहयोगको अपेक्षा गरेका छौँ । Covid 19 रोकथाम को निमित्त सबैभन्दा पहिले आफू सजग हुनु पर्ने कुरालाई स्पष्ट पार्दै निम्न कुरालाई अपनाउनुहोस्:

कोभिड १९ (Covid 19 रोकथाम को निमित्त सबैभन्दा पहिले आफू सजग हुनु पर्ने यी १५ कुरालाई अपनाउनुहोस्:

– रुघाखोकी तथा श्वासप्रश्वासमा समस्या भएका बिरामीको नजिक नजाने
– सामान्य रुघाखोकी लागेमा नजिकैको अस्पतालमा गैर उपचार गराइहल्ने
– नियमित साबुन पानीले हात धुने,
– खोक्दा र हाछ्युँ गर्दा नाक र मुख छोप्ने,
– धेरै मान्छे भएको ठाउँमा नजाने गएपनि माक्सको प्रयोग गर्ने
–जङ्गली तथा घरेलु पशुपंक्षीसँग सिधै सम्पर्क नगर्ने
– अण्डा तथा मासु राम्ररी पकाएर मात्र खाने
– नियमित मक्स प्रयोग गर्ने
– फ्लुको जस्तो लक्षण देखिए अस्पताल जाने
–कोरोना भाइरस लागेको लक्षण देखिएका मानिसदेखि टाढा बस्ने
– भीडभाडमा नजाने र बिना काम घर बाहिर नजाने
– कोरोना भाइरसको लागि गर्मी प्रतिकूल मौसम घामबाट पनि टाडा रहने
– यदि हात फोहोर भए रुमाल अथवा टिस्यु पेपरको प्रयोग गर्न
– व्यक्तिगत सुरक्षा र सरसफाइमा ध्यान दिने,र अर्को व्यत्तिसंग हट नमिलाउ
– रोग नलागेको र घरमा पालिएको जीव जनावर बाहेक सकभर जीउँदो पशु वा पन्छी खरिद नगरौं। जीव जनावरहरु छोएपश्चात तत्काल साबुन पानीले हात धोऔँ ।

प्रतिक्रिया दिनुहोस्