Logo

गुल्मीको क्वारेन्टाइनबाट चोरी गरी भागेका व्यक्ति प्युठानमा पक्राउ



Spread the love

२४ जेठ, गुल्मी । जेठ २१ गते गुल्मीको क्वारेन्टाइनबाट साथीको मोबाइल र पैसा चोरी गरी फरार रहेका व्यक्ति प्युठानमा पक्राउ परेका छन्। भारतको पन्जाबबाट आई मालिका गाउँपालिकाको मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बसेको १२ औँ दिनमा साथीको मोबाइल र पैसा चोरी भागेका थिए । चोरी गरी भाग्ने व्यक्ति गुल्मीको मालिका गाउँपालिका सात घमिरका २२ वर्षीय राजेन्द्र परियार हुन् ।

उनलाई प्युठान नगरपालिकाबाट पक्राउ गरेको प्युठानका प्रमुख डिएसपी नरेन्द्र कार्कीले सल्लेरी खबरलाई बताए । चोरी गरी भाग्ने व्यक्तिको ठेगानाबारे पछिल्लो समय धेरै टिका टिप्पणी भएता पनि उनको ठेगाना मालिका सात घमिरनै रहेको खुलेको छ । उक्त वडाका वडा अध्यक्ष वेद प्रसाद पन्थीले पनि सो व्यक्तिका बुबा यसै वडाको नागरिक रहेको प्रस्ट पारेका छन् । त्यस्तै, उनले मालिका माध्यामिक विद्यालयको क्वारेन्टाइनमा बस्दा पनि घमिरनै ठेगाना टिपाएका थिए भने प्रहरीले बयान लिँदा समेत आफ्नो ठेगाना मालिका सात घमिर बताएको प्युठान प्रहरीले जनाएको छ ।

उनलाई प्युठानकै क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको मालिका गाउँपालिकाका आठ नम्बर वडाका अध्यक्ष टीका जिसिले जानकारी दिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्