Logo

गाउँपालिका अध्यक्ष पोखरेलले जिते कोरोना



Spread the love

२४ जेठ, गुल्मी – गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल कोरोना भाइरस (कोभिड १९)को संक्रमणबाट मुक्त भएका छन् ।

जेठ १२ गते कोरोना पुष्टि भएसँगै सर्वाधिक चासो र चर्चामा रहेका पोखरेलले आज कोरोना भाइरसलाई जित्न सफल भएका हुन ।

शनिवार सहित दुई पटक उनको पिसिआर रिपोर्ट नेगेटिभ आएको जिल्ला जन स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानी शर्माले सल्लेरी खबरलाई बताए । साथै, गुल्मी जिल्लाका विभिन्न राजनीतिक दल तथा जनप्रतिनिधि सहित १ सय ६४ जनाको पिसिआर नतिजा नेगेटिभ आएको छ भने ४७ जनाको नतिजा अझै आइसकेको छैन ।

अहिलेसम्म गुल्मीमा पाँच जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । अध्यक्ष पोखरेल सहित गुल्मीमा दुई जनाले कोरोनालाई जितेका छन् भने दुई जनाको उपचार भइरहेको छ । साथै, एक जनाको कोरोनाका कारण निधन समेत भएको छ ।

यो पनि पढ्नुहोस् :-

म सार्वजनिक हुँदा जनतामा भएको त्रास कम हुन्छ : अध्यक्ष पोखरेल (अन्तर्वार्ता)

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्