Logo

अर्घाखाँचीमा छुट्टाछुट्टै घटनाबाट ३ जनाको ज्यान गयो



Spread the love

२४ जेठ, अर्घाखाँची – अर्घाखाँचीमा पछिल्लो २४ घण्टामा घटेका छुट्टाछुट्टै घटनामा वडा सदस्य सहित ३ जनाले ज्यान गुमाएका छन ।

जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर ९ कि ४७ वर्षीया फुलमती परियारको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डिएसपी माधव बुढाथोकीले सल्लेरी खबरलाई बताए ।

वडा सदस्य समेत रहिकी उनको काफल टिप्ने क्रममा रुखबाट लडेर ज्यान गएको हो । त्यस्तै यता जिल्लाको शितगङा नगरपालिकामा ट्र्याक्टरले किच्दा १ जनाको ज्यान गएको छ । लु ३ त ४६७३ नम्बर को टाक्टरले किचेर शितगङा नगरपालिका वडा नम्बर चारका ४२ वर्षीया रामु विकको ज्यान गएको हो ।

त्यस्तै सन्दिखर्क नगरपालिकामा एक जनाले विष सेवन गरि आत्महत्या गरेका छन् । वडा नम्बर ९ हिलेका वर्ष १६ का सुदिप भुसालको विष सेवनबाट ज्यान गएको डिएसपी बुढाथोकीले उल्लेख गरेका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्