Logo

काठमाडौँ कम्युनिस्टले जित्दै आएको ठाउँ हो : गणेश प्रसाद दुलाल सँगको अन्तरवार्ता



Spread the love

आसन्न प्रदेश सभा र प्रतिनिधि चुनावमा देश होमिएको छ । जनतालाई चुनाव लाग्दा समेत नेतालाई नलाग्ने कुरै भएन । यसै क्रममा सल्लेरी खबरको टिमले काठमाडौँ क्षेत्र नम्बर १ प्रदेश सभा तर्फ बाम गठबन्धनका साझा उम्मेदवार गणेश प्रसाद दुलाल सँग अन्तरवार्ता लिएका थियौ ।

प्रस्तुत छ सल्लेरी खबरको टिमले दुलाल सँग लिएको अन्तरवार्ता :

काठमाडौँ क्षेत्र न १ को चुनावी माहोल कस्तो छ त ?

काठमाडौँ ३१ नम्बर वडाको एउटा प्रदेश हो । अहिले सम्म मैले २७ ओटा चुनावी आमसभा सम्म्पन्न गरिसकेको छु । यो प्रदेशमा ११ ओटा बुथहरु रहेका छन् । २७ ओटा आमसभामा व्यापक जनसहभागिता रहेको छ । जनताले अहिले स्थानीय उम्मेदवार पाइयो, हाम्रै टोलको, हाम्रै ठाउको र विगत लामो समय देखि यही ठाउँमा काम गर्दै आइरहेको मानिस आएको हुनाले हामी यस पटक स्थानीय मानिसलाई भोट गर्छौ , तपाईँलाई भोट गर्छौ र विजय गराउछौ भनेर स्थानीय बासीले मलाई भन्नूभएको छ । साथै जनमानसमा व्यापक उत्साह छ । म अहिले घरघरमा जाँदा व्यापक रूपमा उत्साहित भएको र यो निर्वाचनमा नेकपा एमाले र माओवादीको संयुक्त गठबन्धन बामगठबन्धनलाई जिताउन लागिपरेको मैले पाएको छु ।

काठमाडौँ क्षेत्र न. १ मा विवेकशील साझा र नेपाली काङ्ग्रेसको बढी प्रभाव रहेको छ भन्छन्, तपाईँको भनाइ के छ ?

काठमाडौँ क्षेत्र न १ भनेको विगत लामो समय देखि कम्युनिस्टहरुले जितेको ठाउँ हो , यहाँ जननेता कमरेड मदन भण्डारी र पहिलो कम्युनिस्ट प्रधान्मन्त्री मनमोहन अधिकारी ले जितेको ठाउँ हो । तर २०६४ साल र २०७० सालको चुनावमा यहाँ बामपन्थीहरुको फुट र टुटको अवस्थामा रहेको हुनाले नेपाली काङ्ग्रेसले जित्न सफल भएको हो । तर यो पटक कम्युनिस्टहरु एक भएका छौँ र हामीले यो पटक हार्ने सम्भावना नै छैन र वामपन्थी उमेदवारहरुले जितिसक्नु भएको स्थिति छ ।

तपाईँले नै चुनाव जित्ने आधारहरु के के हुन त ?

म सँग चुनाव जित्ने आधारहरु प्रशस्त छन् ।
मैले लामो समय देखि यो प्रदेश क्षेत्रको विकास निर्माणका कामहरू र जनताका घरदैलो सम्म पुगेर जनताका पिर ब्यथाहरु सुल्झाउने कामहरू गर्दै आइरहेको छु र म लामो समय देखि यही ठाउँमा बस्दै आएको र मैले गरेको काम, हाम्रो पार्टीले गरेका कामहरूले नै मैले यो प्रदेशमा जित्न सक्छु भन्ने मेरो तर्क हो ।

काठमाडौँ क्षेत्र न १ प्रदेश (ख) को लागि तपाईँ नै किन त ?

म नै किन भन्दा म यस्तो पार्टीको कार्यकर्ता हो जसले जनताका मन मस्तिष्कमा र जनताका दुख सुखमा साथ दिएको पार्टीको कार्यकर्ता हो र म नै यो ठाउको सही प्रतिनिधित्व गर्न सक्छु भन्ने मेरो दाबी हो ।

अन्तिममा तपाईँले काठमाडौँ क्षेत्र न १ प्रदेश (ख) का जनतालाई के भन्न चाहानुहुन्छ ?

म काठमाडौँ क्षेत्र न १ प्रदेश (ख) का जनतालाई के भन्न चाहानुहुन्छ भने तपाईँहरूले यो ठाउँबाट लामो समयसम्म जुन व्यक्तिहरूलाई जिताएर पठाउनुभयो , उहाँहरूले तपाईँका समस्याको समाधान गर्न सक्नुभएन । अब म यही वडामा काम गर्दै आएको राजनीतिक पार्टीको कार्यकर्ता उठेको छु र तपाईहरुले मलाई मतदान दिनुहोस, म २४ सै घण्टा जनताको सेवामा समर्पित रहने छु , मेरो ढोका २४ सै घण्टा खुल्ला छ । म यहाँका जनतालाई हार्दिक अपिल के गर्दछु भने यो पटक मलाई भोट दिनुहोस, म यो क्षेत्रको आमूल परिवर्तन गर्ने इच्छा र जागर लिएर आएको हुनाले म केही गर्छु भन्ने प्रतिबद्ध व्यक्त गर्न चाहन्छु ।

 

प्रतिक्रिया दिनुहोस्