Logo

नेपाली कांग्रेस रामेछापका उम्मेदवार पुर्ण बहादुर तामाङ सँगको अन्तरंग



Spread the love

प्रदेश नम्बर ३ अन्तर्गत रामेछाप जिल्लामा लोकतान्त्रिक गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका नेता तथा समाजसेवी पूर्ण बहादुर तामाङ (कान्छाराम) ले प्रतिनिधि सभाका लागी चुनाव लड्दै छन् । उम्मेदवारी दर्ता गरेसँगै रामेछाप जिल्लामा चुनावी सरगर्मी व्यापक छ ।

पूर्ण बहादुर तामाङ (कान्छाराम) संग सल्लेरी खबरको  अन्तरंग ।

पूर्ण बहादुर तामाङ (कान्छाराम) को राजनीतिक पृष्ठभूमि:

 

२०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका तामाङ २०६२ – ६३ को दोस्रो जनआन्दोलनमा जिल्लाका कमाण्डर भएर काम गरेका थिए । उनी काठमाडौँमा समेत विशेष रूपमा सक्रिय भएर लागेका थिए । आफू विजयी भएमा राज्यबाट पाउने सेवा सुविधाहरू परोपकारी संस्थालाई दिने प्रण गरेका उनी वि.सं २०७० सालमा भएको दोस्रो संविधानसभामा रामेछापको नेपाली काँग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार समेत बनेका थिए । उनको निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसलाई समानुपातिकमा १७७०० मत प्राप्त भएको थियो भने विजयी भएको माओवादीका श्याम श्रेष्ठले जम्मा १३००० मत ल्याएका थिए । यसबाट तामाङको लोकप्रियता जिल्लामा व्यापक रहेको कुरा थाहा हुन्छ ।

निर्माण व्यवसायमा संलग्न रहेका काँग्रेस नेता तामाङ स्थानीय स्तरमा लोकप्रिय र विकासप्रेमी नेताका रूपमा परिचित छन् । २०४६ सालको आन्दोलनमा उनलाई पञ्चायती सरकारले जेल समेत हालेको थियो ।
जिल्लाका सबै क्षेत्रमा आफ्नो व्यक्तिगत सहयोगमा एम्बुलेन्स सेवा प्रदान गरेका उनले राजनीतिलाई विशुद्ध समाजसेवाको रूपमा लिएको बताए ।

कहाँ कहाँ दिँदैछन् एम्बुलेन्स?

खाडादेवी – माइमन्दिर १
बोक्से – रतालु – चुचुरे १
धोबी – नागदह – बिजुलीकोट – दुरागाउँ – सैंपु १
हिमगंगा – रामपुर – ओख्रेनी १
गेलु – चनाखु १
फुलासी –मानेदोरम्बा –डडुवा १
बेथान – हिलेदेवी १
साँघुटार –देउराली १
भुजीप्रिती – गुप्तेस्वर १

केही एम्बुलेन्स हाल सञ्चालनमा रहेको र केही विरगञ्ज भन्सारमा कानुनी प्रक्रियाामा रहेको उनले जानकारी दिए । यसका अलावा जिल्लामा आइपर्ने विविध समस्याहरुमा पनि उनले धेरै ठुलो योगदान गरेका बताए । उनले भूकम्पपीडतहरुको उद्धारको लागि आफ्नो निजीखर्चमा हेलिकोप्टर चार्टर गरेर सयौँको उद्धार गरेका थिए । साउन १ गते आएको पहिरोमा परेर घाइते भएकालाई तामाङले हेलिबाट काठमाडौँ ल्याएर उपचार गराएका थिए ।
सडक सञ्जाल राम्रो भएमात्र त्यस क्षेत्रको विकास हुन्छ भन्ने कुरा राम्ररी बुझेका निर्माण व्यवसायी उनले मन्थली –सल्ले –रामेछाप डाडा –च्यास्कु – कोलमघाट सडक चौडा गर्नमा पनि ठुलो योगदान गरेका बताए ।

आगामी मंसिर १० गते प्रतिनिधिसभाको लागि रामेछाप काँग्रेसबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका पूर्णबहादुर तामाङ (कान्छाराम) ले निर्वाचनमा विजयी भए राज्यबाट पाउने कुनै पनि सुविधा रामेछापकै जनताको विकास निर्माणमा खर्च गर्ने घोषणा समेत गरेका छन् । उनले रामेछापको विकास निर्माण गर्ने र समृद्धि बनाउने नै आफ्नो मूल उद्देश्य भएको बताए ।

उम्मेदवार तामाङले आफूले विगतदेखि नै रामेछापको सामाजिक विकासमा योगदान गरेको बताउँदै रामेछापलाई समृद्ध बनाउने योजना रहेको बताए । तामाङले आफू निर्वाचनमा विजयी भए रामेछापका जनतालाई कहीँ कतै पनि भेदभाव नगरी रामेछापको समृद्धिको लागि लाग्ने बाताए । तामाङले भने,‘जिल्लालाई बनाउने काम पहिलो हो मेरो सबै ध्यान यसैमा केन्द्रित हुन्छ ।’

निर्वाचित भएको अवस्थामा राज्यबाट पाउने सेवा सुविधाप्रति आफूलाई कुनै लोभ लालच नभएको बताउँदै तामाङले भने, ‘राज्यको सेवा सुविधा मलाई आवश्यकता छैन, रामेछापको जनताको उन्नति र विकास कसरी हुन्छ मैले अहिले यति मात्र सोचेको छु ।’ दलगत भन्दा पनि सामाजिक मुद्दा नै मेरो प्राथमिकता हुनेछ, उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्