Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५४०,६७७
संक्रमित
११,७४०,१००
निको भएका
६,६४२,७७१
नेपालमा कोरोना भाइरस
मृत्यु
३५
संक्रमित
१५,९६४
निको भएका
६८११

शरीरकाे यो अंगबाट पनि कोरोनाको खतरा, नगरौँ वेवास्ता




एजेन्सी । कोरोना भाइरसको संक्रमण सुरु भएसँगै हर कोहीलाई मास्क लगाउन, हात धुन र सामाजि दूरी कायम गर्न लगाइएको छ । केही मानिसहरु सतहबाट बच्नको लागि ग्लोब्स पनि लगाइरहेका छन् । भाइरसबाट बच्नको लागि पटक–पटक हात नाक, आँखा र मुखमा नलैजानको लागि पनि आग्रह गरिएको छ ।

हाम्रो शरीरको एक अंग सधैं खुला हुन्छ र यसबाट भाइरसको सम्पर्कमा आउने सम्भावना धेरै हुन्छ । उक्त अंग हो आँखा । आँखाको सुरक्षा गर्नु निकै जरुरी हुन्छ ।

द ल्यान्सेट पत्रिकामा छापिएको एक अध्ययन अनुसार कोरोना भाइरसको प्रसारको रोक्नको लागि आँखाको सुरुक्षा गर्नु राम्रो कदम हुन सक्छ । यो निष्कर्ष १६ देशका मानिसमा गरिएको अध्ययनको समीक्षामा आधारित रहेको छ ।

जोन्स होप्किन्स यूनिभर्सिटीद्धारा गरिएको यस अध्ययनबाट कोरोना भाइरस आँखाको माध्यमबाट पनि सर्न सक्ने जानकारी दिइएको छ । नाक र मुखजस्तै आँखाको सुरक्षा पनि उत्तिकै गर्नु पर्ने अध्ययनले उल्लेख गरेको छ ।

यदि कुनै व्यक्तिले तंपाईको सामुन्ने खोक्दा अथवा हाछ्युँ गर्दा आँखाको बाटो हुँदै भाइरस कोषमा गइ हमला गर्न सक्दछ । नाक र मुखजस्तै आँखालाई पनि बचाउन सकियो भने कोरोना भाइरसको खतरा कम हुन्छ ।

आँखाको सुरक्षाको लागि भाइजर, फेस सिल्ड अथवा ठुलो चस्मा लगाउ सकिने कुरा द ल्यान्सेटले गरेको छ । सकेसम्म आँखाको पुरै भाग कभर हुने खालको लगाउँदा झन् राम्रो हुन्छ ।

प्रतिक्रिया दिनुहोस्