Logo

हामी नैतिकताको राजनीति गर्ने पार्टीको नेता हौ- पुरोसत्तम ढुंगेल



Spread the love

प्रदेश नम्बर ३ अन्तर्गत काठमाडौं जिल्ला क्षेत्र नम्बर एक प्रदेश (ख) मा विवेकशिल साझाको तर्फबाट समाजसेवी पुरोसत्तम ढुंगेलले प्रदेश सभाका लागी चुनाव लड्दै छन् । उम्मेदवारी दर्ता गरेसँगै काठमाडौं जिल्ला क्षेत्र नम्बर एक प्रदेश (ख) मा चुनावी सरगर्मी व्यापक छ ।

 प्रस्तुत छ पुरोसत्तम ढुंगेलसंग सल्लेरी खबरको  अन्तरवार्ता:

१)काठमाडौं क्षेत्र नम्बर एक प्रदेश (ख) मा चुनावी माहौल कस्तो छ?

-खासमा भन्नुपर्दा पहिलो स्थानीय निकायको निर्वाचनमा विवेकशील र साझा पार्टी छुट्टा छुट्टै निर्वाचनमा सहभागी हुदा पनि चुनावी माहौल नेपालका अन्य ठूला दल भन्दा पनि कम थिएन। अझ अहिले एकिकरण पछि माहोल र मत एकदमै व्याप्त रूपमा बढीरहेको छ र यस्तै स्थिति निर्वाचनको अन्तिम समयसम्म कायम राख्न सकियो भने हाम्रो जित सुनिश्चित छ।

२) तपाई यस क्षेत्रबाट चुनावी मैदानमा होमिनु भएको छ र तपाईले यस क्षेत्रबाट चुनाव जित्ने आधारहरु के के छन् त?

– म निकै पहिले देखिनै यस क्षेत्रको सामाजिक कार्यमा अग्रसर भईराखे, अनि मैले २०३२ सालदेखि राजनीतिक यात्रा सुरु गरेको हुँ। २०६२/२०६३ सालमा भएको जनआन्दोलनमा यस क्षेत्रबाट वडा परिचालनको संयोजकत्वमा रहि नेपालमा गणतन्त्र ल्याउन मेरो भुमिका महत्त्व्पुर्ण रहेको छ। मैले आफ्नो पुरै जिवन यस क्षेत्रको विकासको लागि सुम्पेको छु र म आशावादी छु कि जनताले मलाई विश्वास गरि विजयी बनाउनु हुनेछ।

३) तपाईहरूलाई बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले कतिको असर गरेको छ?

– भन्नुपर्दा यो वाम गठबन्धन या अन्य गठवन्धनहरूले देशको लागि कुनै फाइदा छैन्। यि सबै व्यक्तिगत र पार्टीगत स्वार्थको लागि गरिएको हो। कहिले पनि यिनीहरुले देश र जनताको लागि इमान र ईज्जतको राजनीति गरेनन् र म के भन्न चाहन्छु भने अव जनताले अहिले सम्म गर्दै आएको झुटको राजनीतिलाई लत्याई हाम्रो नैतिकताको राजनीतिलाई साथ दिनेछन्।

४) विवेकशील साझामा भोट हानेपछि जनताले तपाईहरूबाट गरिएका आशाहरु तुहिने त होइनन्?

-हामी एउटा नैतिकताको राजनीति गर्ने पार्टी भएकोले हामी कुनै पनि जनताले गरिएका आशामा तुसारापात आउन दिदैनौ। जसरी बिभिन्न कालखण्डमा जनताले बिभिन्न पार्टीहरुलाई जिताई राखेको र खोक्रो आदर्श र आश्वासनमात्र दिईरहेको र विकास र समृद्धिका कुनै पनि काम गरेका छैनन् र यसपटक यसको एकाधिकार चिरेर हामी अगाडी बढ्न तयार छौँ। अझ भन्नुपर्दा हामी यस क्षेत्रका उम्मेदवारले राज्यबाट वितरण गरिने तलब भत्ता यसै क्षेत्रको विकासको लागि खर्च गर्ने निर्णय पनि गरेका छौँ र अन्तिममा भन्नुपर्दा जनताले हामीलाई विश्वास गर्नु भएको छ र हामीलाई अत्याधिक मत दिई विजयी गराउनु हुनेछ भन्ने कुरामा हामी पूर्ण विश्वस्त छौं।

प्रतिक्रिया दिनुहोस्