Logo

नयाँ प्रधानमन्त्री चयन १९ गते



Spread the love

sansad

व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चुनाव १९ गते बुधबार विहान ११ बजे हुने भएको छ।
राष्ट्रपति विद्या भण्डारीले सहमतिय सरकार गठन गर्न दिएको समयमा दलहरु बिच सहमती नभएपछी बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी छिन् ।
कांग्रेस र माओवादी गठवन्धनबाट प्रचण्ड नै प्रधानमन्त्री हुने पक्का पक्की भएपनी एमाले बाट भने अझै तय भएको छैन।
सभामुख ओनसरी घर्तीले निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् ।
सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री चयनका लागि १९ गते विहान ११ बजेको बैठक तोकेकी छन् ।
संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
सचिवालय अनुसार प्रधानमन्त्रीका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न समय तोकेको छ। साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्