Logo

काङ्ग्रेस केन्द्रीय सदस्य तथा पूर्व सांसद डाक्टर भण्डारीलाई पृतीशोक



Spread the love

२७ जेठ, गुल्मी। नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा साबिकको गुल्मी क्षेत्र नम्बर दुईका पूर्व सांसद डाक्टर चन्द भण्डारीलाई पृतीशोक परेको छ । भण्डारीका बुबा ईश्वरी प्रसाद भण्डारीको गएराती निधन भएको नेपाली काङ्ग्रेस गुल्मीले जनाएको छ ।

छत्रकोट गाउँपालिका वडा नम्बर एक हुगास्थित आफ्नै निवासमा ८७ वर्षको उमेरमा निधन भएको हो । उनको निधनप्रति नेपाली काङ्ग्रेस गुल्मीले दुख व्यक्त गरेको छ । जिल्ला पाटी सचिव खिलव्धोज पन्थीले भण्डारीको परिवार नै प्रजातान्त्रिक आन्दोलनमा लागेको सङ्घर्षशील परिवार रहेको बताएका छन् । ईश्वरी भण्डारीको निधनले नेपाली काङ्ग्रेसलाई मात्र नभई सम्पूर्ण प्रजातन्त्र प्रेमीमाथि चोट पुगेको बताए । सामाजिक अगुवा, तथा प्रजातन्त्र प्रेमी गुमाउँदा काङ्ग्रेसलाई अतुलनीय क्षति पुगेको उनको भनाई छ ।

भण्डारीको शवलाई हिन्दु परम्परा अनुसार रिडी आर्यघाटमा दाहसंस्कार गरिने परिवारजनले जानकारी दिएका छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्