Logo

मौरीघाटमा एक सय वेडको आइसोलेसन कक्ष निर्माण



Spread the love

दाङको मौरीघाटमा कोरोना संक्रमित बिरामी राख्न नेपाली सेनाले एक सय वेड क्षमताको आइसोलेसन कक्ष निर्माण गरेको छ।कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भएको आशंका गरिएको तर पुष्टी हुन बाँकी रहेको वा संक्रमण भएको पुष्टी भइसकेका व्यक्तिलाई राख्नेगरी राप्ती प्राविधिक शिक्षालय मौरीघाटमा कोरोना बिशेष आइसोलेसन सेन्टर निर्माण गरिएको हो । स्थानीय पालिकाको आर्थिक सहयोग, नेपाली सेनाको श्रम शक्ती, राप्ती प्राविधिक शिक्षालयको पूर्वाधार सहयोगमा आइसोलेसन सेन्टर निर्माण गरिएको हो ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी आइसोलेसन वार्ड तयार गरिएको रिपुमर्दन गणका क्याप्टेन दिपक बुढाथोकीले बताए।आइसोलेसन सेन्टर बनाउन नेपाली सेनाले आफ्नो श्रम शक्ति परिचालन गरेको हो ।कोरोना बिशेष अस्पताल बनाउने देखी आइसोलेसन वेड तयार पार्ने काममा सेनाले आफ्नो जनशक्ति प्रयोग गरेको छ । रिपुमर्दण गण दाङले निर्धारित समय अगावै कोरोना बिशेष अस्पताल र आइसोलेसन वेड तयार पारेर सम्वन्धित निकायलाई हस्तान्तरण गरेको हो ।

नेपाली सेनाले सुरक्षा दिने गरी सेनाको श्रम शक्तिमा राप्ती प्राविधिक शिक्षालयमा आइसोलेसन केन्द्र बनाइएको हो । यस अघी बेल्भुण्डीमा कोरोना बिशेष अस्पताल बनाउन पनि नेपाली सेना यसैगरी खटिएको थियो ।

रिपुमर्दन गणका क्याप्टेन दिपक बुढाथोकीले भने,”‘४५ जनाको हामो टोली छ । यो टोलीले बेल्झुण्डीको कोरोना अस्पताल बनाउन पनि दिनरात खटियो, अहिले मौरीघाटमा पनि आइसोलेसन वेड तयार पार्न हामीले काम गर्‍यौं र समयमै काम पुरा गर्न सफल भयौ। स्थानीय र प्रदेश सरकारले अघी सारेको योजनामा सेनाले जनशक्ती उपलब्ध गराएर सहयोग गरेको हो।

दाङमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सेनाको टोलीले दिनरात गरेर आइसोलेसन वार्ड तयार पारेको हो ।

जोगिनु नै उत्तम उपाय
कोरोनाको संक्रमणबाट बच्नका लागि माक्सको प्रयोग गर्ने, भिडभाड भएको स्थानमा नजाने, बारम्बार साबुन पानीले हात धुने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कने, संक्रमणको लक्षण देखिए सेल्फ क्वारेन्टाइनमा बस्ने, सेनेटाइजरको प्रयोग गर्ने, सरसफाइमा ध्यान दिएर नागरिक आफै जिम्मेवार बन्न सके कोरोनाको संक्रमणबाट बच्न सकिन्छ । यस्ता कार्यमा सरकारलाई मात्रै औला ठडयाउनुभन्दा हामी सवै समयमै सचेत र सजग हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्