Logo

बाटोमै निधन भएका व्यक्तिमा कोरोना पुष्टि, मृतकको संख्या १६ पुग्यो



Spread the love

२९ जेठ, नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।

अर्घखाँचीको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कदै गर्दा मृत्यु भएका एक जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

गाउँपालिका अध्यक्ष बालकृष्ण आर्चायले मृतक व्यक्तिमा कोरोना पुष्टि भएको सल्लेरी खबरलाई जानकारी दिएका छन् ।

भारतबाट १४ दिनअघि आएर क्वारेन्टाइनमा बसेका ५७ वर्षीय पुरूषको जेठ २३ गते स्वाब परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला भैरहवा पठाइएकोमा पोजेटिभ आएको हो ।

मृतकको पहिलो पटक संकलन गरिएको स्वाब हराएपछि पुनः स्वाब संकलन गरिएको थियो ।

श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।

आज कोरोना पुष्टि भएका मृतक सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ भने अर्घखाँचीमा मात्रै २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्