Logo

लकडाउनकै बिच मालिका गाउँपालिकाले दियो २३९ जनालाई राेजगारी



Spread the love


३० जेठ, गुल्मी – जिल्लाकाे मालिका गाउँपालिकाले लकडाउनकाे समयमा पनि २३९ जना व्यक्तिलाई राेजगारी दिएको छ। आ.व. २०७६/७७ का लागि प्रधानमन्त्री राेजगार अन्तर्गत सञ्चालित कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयाेजनामा गाउँपालिकाले पालिकाका ८ वटै वडाका २३९ जना व्यक्तिलाई राेजगार दिएको गाउँपालिका राेजगार संयाेजक खेमराज गैरेले सल्लेरी खबरलाई बताए ।

राेजगारी दिएका व्यक्तिले स्थानीय तहमा रहेकाे गाेरेटाे बाटो ,माेटरबाटो मर्मत गर्ने काम गरेको संयाेजक गैरेले बताए । पहिला पनि राेजगार सञ्चालित थियो तर त्यति प्रभावकारि नभएको र यस समयमा गाउँ कार्यपालिकाकाे निर्णयले प्रत्येक व्यक्ति बिच सामाजिक दुरि कायम गरि काम गरिरहेका छन् । यस विपत्तिकाे समयमा धेरै बेरोजगार भएको र केही व्यक्तिलाई भए पनि राेजगारि दिई मल्हम लगाउँन सहयोग गरेको उनले बताएका छन् ।

उता गाउँपालिका अध्यक्ष समेत रहेका रित बहादुर थापाले विश्व नै आक्रान्त हुने गरि फैलिएको काेराेना भाइरसका कारण सङ्क्रमण राेक्नका लागि जारि भएको लकडाउन पालन गरि प्रत्येक व्यक्ति बिच सामाजिक दुरि सहित काम गर्न समेत आग्रह गरेका छन् ।

काम गर्ने प्रत्येक व्यक्तिले प्रतिदिन पाँच सय १७ रुपैयाँको दरले पारिश्रमिक पाउने छन् ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्