Logo

अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण



Spread the love

जेठ ३०, काठमाडौं । प्रदेश न. ५ को पहाडी जिल्ला अर्घाखाँचीमा थप एक जनामा कोरोना संक्रमण भएको छ । संक्रमित १९ वर्षीय पुरुष हुन् ।

उनी भारतको हरियाणाबाट जेठ ८ गते नेपाल आएका थिए । नेपाल आइसकेपछि उनी शितगंगा नगरपालिका १ मा रहेको सुवर्णखाल महेन्द्र आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।

क्वारेन्टाइनमा १४ दिन बसेपछि आरडीटी परीक्षण गर्दा पोजेटिभ देखिएपछि जेठ २२ गते पीसीआर परीक्षण गर्नको लागि स्वाबको परीक्षणको लागि भैरहवा पठाइएको थियो । स्वाब पठाएको ८ दिनपछि आएको रिपोर्टमा एक जनामा पोजेटिभ देखिएको छ भने अन्य २८ जनामा नेगेटिभ आएको वडाध्यक्ष बुद्धिकृष्ण पौडेलले बताएका छन् ।

यससँगै अर्घाखाँचीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्