Logo

क्वारेन्टाइनमै बच्चा जन्माएकी सुत्केरीको आरडिटी रिपोर्ट नेगेटिभ



Spread the love

३० जेठ, प्युठान। प्युठानमा एक महिलाले क्वारेन्टाइनमै बच्चा जन्माएकी छन्। जिल्लाको नौबहिनी गाउँपालिका वडा नम्बर ७ गोगनपानीको नेपाल राष्ट्रिय आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेकी १८ वर्षिया सरस्वती पुनले गएराती छोरा जन्माएकी हुन्।

उनी १५ दिन अघि भारतबाट आई क्वारेन्टाइनमा बसेको थिइन्। आज उनको आरडिटी परिक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाईएको वडा अध्यक्ष दिलमान पुनले सल्लेरी खबरलाई जानकारी दिए । यद्यपि, नवजात शिशुको भने आरडिटि परिक्षण नगरिएको बताईएको छ ।

सरस्वती र नवजात शिशुको अवस्था सामान्य रहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्