Logo

आरडिटी पोजेटिभ देखिएपछि क्वारेन्टाइनबाट किशोर फरार



Spread the love

३१ जेठ, गुल्मी – गुल्मीमा आरडिटी पोजेटिभ देखिएका किशोर क्वारेन्टाइनबाट भागेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर पाँचको नेपाल राष्ट्रिय माध्यामिक विद्यालयको क्वारेन्टाइनबाट १९ वर्षिय किशोर भागेका हुन ।


उनि मुसिकोट नगरपालिका वडा नम्बर चारका बासिन्दा रहेको सोहि विद्यालयका प्रधानाध्यापक डिल बहादुर अधिकारीले सल्लेरी खबरलाई बताएका छन् ।


२९ गते उनको स्वास्थ्य परिक्षण गर्दा आरडिटी पोजेटिभ देखिएको थियो भने पिसिआर परिक्षण गर्ने तयारी भैरहेको थियो ।


उनि शनिबार बिहान क्वारेन्टाइनबाट भागेको वडा नम्बर पाँचका वडा अध्यक्ष भागिरथ खरेलले बताए । उनको खोजिकार्य भइरहेको वडा कार्यालयले जनाएको छ । उनि गत जेठ ९ गते भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्