Logo

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या घट्यो



Spread the love

३२ जेठ, एजन्सी – विश्वव्यापी महामारी सिर्जना गरिरहेको कोरोना भाइरसले भारतमा पनि तीव्र संक्रमण तथा प्रभाव पार्न थालेको छ । भारतमा अहिले कोरोना व्यापक बन्दै गएको छ । भने गत २४ घण्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या घटेको छ ।

भारतमा बितेको २४ घण्टामा ३ सय ९ जनाले ज्यान गुमाएका छन् भने १२ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । हिजो अर्थात् जुलाई १३ तारिखमा मात्रै भारतमा ३७९ जनाले कोरोनाको कारणको कारण ज्यान गुमाएका थिए भने हिजोको तुलनामा ७० ले घटेको छ । अहिले भारत विश्वमा कोरोनाबाट अति प्रभावित मुलुकको चौथो स्थानमा पर्न जान्छ ।

अहिलेसम्म भारतमा ३ लाख २१ हजार ६ सय २६ संक्रमणको पुष्टि भइसकेको छ । यो सामग्री तयार पार्दासम्म भारतमा कोरोनाको कारण ९ हजार १ सय ९९ जनाको मृत्यु भइसकेको छ । १ लाख ६७ हजारको उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्