Logo

गुल्मीका कोरोना संक्रमित पुरूषको मृत्यु, मृतकको संख्या १९ पुग्यो



Spread the love

३२ जेठ, गुल्मी – गुल्मीका एक कोरोना सक्रमित पुरुषको मृत्यु भएको छ ।

रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जिल्लाको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ३६ वर्षीय पुरुषको गए राती निधन भएको जानकारी दिएका छन् ।

गए राति ९ बजेर २० मिनेट जादा उनको निधन भएको थियो भने राति नै शव व्यवस्थापन गरिएको बताइएको छ ।

जेठ १२ गते कोरोना पुष्टि भएसन्गै उनि सदरमुकाम तम्घासमा उपचार गराईरहेका थिए ।

आइसोलेशनमा उपचार गराईरहेका ३६ वर्षिय पुरुषको स्वास्थ्यमा पटक पटक गम्भीर समस्या देखिइरहेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् ।


योसँगै गुल्मीमा कोरोना भाइरसका ८ जना संक्रमित हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना उपचार पछि निको भइ घर फर्केका छन् ।

त्यस्तै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्