Logo

कोरोना संक्रमणबाट गुल्मीका ३६ वर्षीय युवाको मत्यु पुष्टि



Spread the love

३२ जेठ, काठमाडौं । कोरोनाभाइरसका कारण गुल्मीका ३६ वर्षीय युवाको मृत्यु भएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले नियमित प्रेस ब्रिफिङमार्फत धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको शनिबार मृत्यु भएको पुष्टि गरे । गए राति ९ बजेर २० मिनेट जादा उनको निधन भएको थियो भने राति नै शव व्यवस्थापन गरिएको बताइएको छ ।जेठ १२ गते कोरोना पुष्टि भएसंगै उनि सदरमुकाम तम्घासमा उपचार गराईरहेका थिए ।

योसँगै गुल्मीमा कोरोना भाइरसका ८ जना संक्रमित हुँदा दुई जनाको ज्यान गएको छ भने दुई जना उपचारपछि निको भइ घर फर्केका छन् । त्यस्तै नेपालका कोरोनाका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्