Logo

गुल्मीमा आरडिटी पोजेटिभ देखिएका एक जनाको मृत्यु, पिसिआर परीक्षण गर्ने तयारी



Spread the love

३२ जेठ, गुल्मी – गुल्मीमा कोराना भाइरस शंकास्पद एकजनाको निधन भएको छ । गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर चारका ४२ वर्षीय पुरुषको निधन भएको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सल्लेरी खबरलाई बताएका छन् ।


उनी केहि दिनअघि भारतबाट आएर गाउँपालिकाको वडा नम्बर चार स्थिति फुलबारी प्राथमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । स्वासप्रस्वासमा समस्या देखिए पछि शुक्रबार बुटवल पठाइएको र आइतबार लुम्बिनी प्रादेशिक अस्पतालमा उनको निधन भएको हो ।


गाउँपालिका अध्यक्ष पोखरेलका अनुसार उनको आरडिटी परिक्षण गर्दा पोजेटिभ देखिएको र पिसिआर परिक्षण गर्ने तयारी भइरहेको छ ।

खड्का सल्लेरी खबरका लुम्बिनी प्रदेश सम्बाददाता हुन् ।

प्रतिक्रिया दिनुहोस्