Logo

दाङमा विश्व रक्तदान दिवसको अवसरमा दारी ग्याङद्वारा सफल रक्तदान



Spread the love

३२ जेठ, दाङ – विश्व रक्तदान दिवसको अवसरमा दाङको तुल्सिपुरमा सफल रूपमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

दारी ग्याङको आयोजनामा दाङ फेमिना, क्राउन रेष्ट्रो तथा युथ तुल्सिपुरको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

आइतबार भएको रक्तदान कार्यक्रमबाट करिब २२ पिन्ट रगत सङ्कलन गरिएको कार्यक्रम सहजीकरण गरेका साइग्रेस देवकोटाले बताएका छन् ।

सो रक्तदान कार्यक्रममा मिडिया पार्टनरको रूपमा सल्लेरी खबर तथा फरककोण रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्