Logo

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या फेरी ह्यातै घट्यो



Spread the love

१ असार, एजेन्सी – चीनको वुहानबाट सुरू भएको कोरोना चीनमा दिन दिनै घट्दो क्रममा छ भने अन्य देशमा फैलिदो अवस्थामा रहेको छ ।

अमेरिकामा २४ घण्टा यता ३ सय ३६ जनाको मृत्यु भएको छ भने हिजो १४ तारिकमा ७ सय २ जनाको मुत्यु भएको थियो । हिजोको तुलनमा आज मृत्यु हुनेको संख्या ४०० ले घटेको छ । विश्वभर अहिलेसम्मकै सबैभन्दा धेरै मृत्यु हुने देश भएको छ । १९ हजार नयाँ संक्रमित थपिएका छन् ।

२१२ देशमा फैलिएको कोरोना भाइरसबाट अहिलेसम्म अमिरिकामा मात्र १ लाख १७ हजार ८ सय ५३ जना मृत्यु भएको छ भने २१ लाख ६२ हजार भन्दा बढी संक्रमित भएका छन् । ८ लाख ६८ हजार भन्दा बढी उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्