Logo

लाइभ अपडेट : कोरोना भाइरस

विश्वमा कोरोना भाइरस
मृत्यु
५६३,५९८
संक्रमित
१२,६५७,८२२
निको भएका
७,३८८,५७८
नेपालमा कोरोना भाइरस
मृत्यु
३८
संक्रमित
१६७१९
निको भएका
८४४२

प्रदेश नं २ मा १८५ सङ्क्रमित थपिए



३ असार, जनकपुरधाम। प्रदेश नं २ मा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार ३६७ पुगेको छ । पछिल्लो २४ घण्टामा सात महिलासहित १८५ नयाँ सङ्क्रमित थपिएपछि सो सङ्ख्या पुगेको हो । यसअघि प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार १८२ थियो ।    
    
सप्तरीमा तीन, सिरहामा दुई, धनुषामा २१, महोत्तरीमा नौ, सर्लाहीमा १६, रौतहटमा ५२ र पर्सामा दुई गरी १८५ नयाँ सङ्क्रमित थपिएको समाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी दिनुभयो । यस प्रदेशबाट मङ्गलबार २८ सङ्क्रमित निको भएर घर फर्केका छन् । अहिलेसम्म सङ्क्रमितमध्येबाट ५०६ उपचारपश्चात निको भएर घर फर्केको सचिव डा घिमिरेले बताउनुभयो ।    
    
प्रदेशमा अहिलेसम्म ३४ हजार ४४५ को स्वाब सङ्कलन गरिएकामा २१ हजार ५० को रिपोर्ट नेगेटिभ आएको छ भने एक हजार २२८ जनाको रिपोर्ट आउन बाँकी छ । अहिलेसम्म १५ हजार ७३४ को आरडिटी माध्यमबाट परीक्षण गर्दा ७८२ मा पोजिटिभ देखिए भने १४ हजार ९५२ जनाको रिपोर्ट नेगेटिभ रहेको छ । प्रदेशअन्तर्गतका ४३९ क्वारेन्टिनअन्तर्गत १२ हजार ३३१, होम क्वारेन्टिनमा १४ हजार ५७९ र आइसोलेसनमा ९३९ जना बसेका छन् ।रासस    

प्रतिक्रिया दिनुहोस्