Logo

गण्डकी प्रदेशमा ७७ कोरोना संक्रमित थपिए, पहिलो पटक मनाङमा पनि संक्रमण



Spread the love

४ असार, पोखरा। गण्डकी प्रदेशमा बिहीबार मात्र ७७ जनामा कोभिड १९ संक्रमित पुष्टि भएको छ । गण्डकी प्रदेशको नवलपरासी पुर्वका ३१, तनहुँमा १५, गोरखामा ११, पर्वतमा ९, स्याङ्जामा ९, बागलुङमा १ र मनाङमा १ जनामा कोरोना संक्रमण पुष्टी भएसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३२४ पुगेको हो ।

मनाङको चामे गाउँपालिकामा कार्यरत कविलवस्तु जिल्लाको बाढगंगा निवासी ५७ वर्षीय पुरुष बाहेक अरु सबै भारतबाट आएर स्थानीय तहको क्वारेन्टाइनमा बसेका व्यक्तिहरु रहेको जनाइएको छ । गण्डकी प्रदेशको मनाङमा पहिलो पटक कोरोना संक्रमण पुष्टी भएको हो।

प्रतिक्रिया दिनुहोस्