Logo

गण्डकीमा थप ५८ जनामा कोरोना पुष्टि



Spread the love

५ असार,पोखरा । गण्डकी प्रदेशमा थप ५८जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४३८ पुगेको छ ।

आज कोरोना संक्रमण भएका मध्य तनहुँका २५, नवलपुरका १६, गोरखाका ५, म्याग्दीका १, कास्कीका २, स्याङ्जाका १ र बाग्लुङका ८ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका डा. विनोद विन्दु शर्माले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्