Logo

पल र बले अभिनय गरेको भिडियो २४ घण्टामै ट्रेन्डिङ नम्बर २ मा (हेर्नुहोस् भिडियो)



Spread the love

काठमाडाैँ – पछिल्लो समय निकै चर्चा परिचर्चा कमाउन सफल नायक हुन् – पल शाह । तिन महिनाको लामो लकडाउन पछि कोरोना भाइरसको चेतनाको लागि उनले बजारमा नयाँ गीत ‘ए है माया’ गज्जबको टिभीमार्फत सार्वजनिक भएको छ ।

पल शाह र रियाशाकाे म्युजिक भिडियो 'ए ...

सार्वजनिक भएको २४ घण्टामा युट्युबको ट्रेन्डिङ २ मा परेको छ । भिडियोमा पल शाह, सागर लम्साल (बले), सुधिर श्रेष्ठ र रियाशा दाहाल फिचर्ड छन् 

पल, बले र सुधिरसँग रियाशाको रोमान्स ...

युवा गायिका मेलिना राई र गायक सरोज ओलीको स्वरमा रहेको छ । गायक ओलीले नै गीतमा शब्द दिएका छन् । उक्त गीतमा दिपक शर्माले संगीत भरेका छन् भने विक्रम स्वारले कोरियोग्राफीगरेका छन् ।

दर्शकले निकै नै रुचाएका छन् भने दर्शक बाट उक्त गीतले राम्रो प्रतिक्रिया पाएको छ । बिश्वाभर कोरोना महामारीको बेला सरकारले जारी गरेको लकडाउनका माझ पनि भौतिक दुरी कायम गरि दशर्कहरुलाई मनोरञ्जन दिनको लागि प्रयास गरेको गायक सरोज ओली बताएका छन् ।

लकडाउन खुकुलो भएलगतै म्युजिक भिडियो ...

नवराज उप्रेतिद्वारा छयांकन गरेको भिडियो अर्जुन जि.सीले सम्पादन गरेका हुन् । भिडियो गायक ओली आफैंले निर्देशन गरेका छन् ।

हेर्नुहोस् भिडियो

https://youtu.be/eL_-zVlocRk

प्रतिक्रिया दिनुहोस्